चलचित्र भूत बंगला अक्षय र प्रियदर्शन करिब १४ वर्षपछि फेरि सँगै, असरानीको सुःखद बिधाइ

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख  ५ गते।

धराने मिडिया : भूत बंगला २०८३ को एक हिन्दी होरर–कमेडी फिल्म हो, सन् १९६५ को पुरानो “भूत बंगला” शैलीलाई आधुनिक ढंगमा प्रस्तुत गरेको छ। ६१ वर्षअघि बलिउडले ‘भूत बंगला’ बनाएको थियो, जुन भारतको पहिलो हरर–कमेडी सिनेमा भएको दाबी गरिन्छ । पुरानो होरर–कमेडी शैलीलाई आधुनिक प्रस्तुति रहेको चलचित्रमा डर र हास्य को मिश्रण, रहस्यमय बंगला र त्यसमा हुने अनौठा घटनाहरू रहेका छन।

बैशाख ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र भुत बंगलामा अभिनेता अक्षय कुमार, तबु, परेश रावल, राजपाल यादव, जिशु सेनगुप्ता, गोवर्धन असरानी, वामिका गब्बी लगायत कलाकारहरूको अभिनय छ। चलचित्र बालाजी टेलिफिल्म्स  र केप अफ गुड फिल्म्स ब्यानरमा निर्माण भएको हो।

चलचित्रको  निर्देशक प्रियदर्शनले गरेका हुन भने निर्मातामा एकता आर कपूर,  शोभा कपूर र अक्षय कुमार रहेका छन । प्रियदर्शन र अक्षयले करिब १४ वर्षपछि फेरि एकै चलचित्रमा सँगै काम गरेका हुन। दुईको पुनर्मिलनप्रति दर्शकमा ठूलो उत्साह देखिएको छ। यसअघि यी दुईले हेरा फेरी(२०००), गरम मसला(२००५), भागम भाग(२००६), भुल भुलैयाँ(२००७), दे दना दन(२००९), खट खट्टा मीठा(२०१०) जस्ता चर्चित चलचित्रहरुमा सँगै काम गरिसकेका छन।

चलचित्रमा कलाकार स्व.गोवर्धन असरानीको अन्तिम चलचित्रहरूमध्ये एक पनि मानिन्छ। असरानीले चलचित्रमा सहायक/कमेडी पात्र निभाएका छन् । उनि अक्षय कुमार, परेश रावल र राजपाल यादव जस्ता पुराना कमेडी सहकर्मीहरूसँग फेरि देखिएका हुन। चलचित्रमा उनको भूमिका सानो भए पनि हास्य निकै प्रभावशाली मानिएको छ। ८४ वर्षको उमेरमा असरानी संसारबाट बिदा भए पनि उनका अभिनय, संवाद र हास्य समयबोध भारतीय सिनेमाको सुनौलो इतिहासमा सधैं अमर रहनेछन्।