सुनको मुल्य पुनः ३ लाख माथि

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख  ०८ गते।

धराने मिडिया : मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर मुल्य तीन लाख एक हजार ३०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो भने आज मुल्य बढेर तीन लाख माथि पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।

त्यस्तै नेपाली बजारमा आज चाँदी मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।

मुल्य घटेसगै आज चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भइरहेको छ।