विराटनगरमा प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न 

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख  ०९ गते।

धराने मिडिया : बैशाख ७ गते नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजना तथा प्रदेश स्काउट कार्यालय कोशी प्रदेशको व्यवस्थापनमा विराटनगरमा प्रादेशिक उद्घाटन कार्यक्रम "Provincial Launching Event" सम्पन्न भएको छ।

उक्त कार्यक्रम Finland–Nepal Partnership Project कार्यक्रम अन्तर्गत सञ्चालित Scout, Peace and Security (SPS) परियोजना अन्तर्गत सन् २०२४ देखि कोशी प्रदेशका ६ जिल्लाका ११ वटा स्थानीय तहहरूमा विभिन्न समसामयिक विषयहरूमा सञ्चालन गरिएका 2250 Discussion Event मा सहभागी ५६१ भन्दा बढी युवाहरू तथा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई समेटेर तयार गरिएको प्रतिवेदन सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशलाई हस्तान्तरण गरिएको हो।

Scout 2083 (3)

कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी र नेपाल स्काउटका निर्देशक अर्पण कार्कीले सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गाप्रसाद सिग्देललाई संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल स्काउटका निर्देशक अर्पण कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। यसैगरी कार्यक्रममा नेपाल स्काउटका RDC प्राप्ति भट्टराईले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण Project Lead प्रतिका सिलवालले गर्नुभएको थियो।

Scout 2083 (2)

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय आयुक्तहरू, प्रदेश स्काउटका पदाधिकारीहरू, मानव अधिकार एलायन्स मोरङका अध्यक्ष बन्दना घिमिरे, निर्णयकर्ताहरू, स्थानीय प्रमुख आयुक्तहरू, स्काउट लिडरहरू, SPS Core Team का सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।

Scout 2083 (5)Scout 2083 (4)Scout 2083 (1)