असार लागे सगै सुनको मूल्य बढ्यो
समाचारदाता : गोपाल पौडेल


२०८२, असार १ गते।
धराने मिडिया : आइताबार पाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो ।
यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतिताेला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।
