धरानमा उभौली कार्यक्रम सम्पन्न, हर्क साम्पाङ र सुदन किराति अतिथि

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ २ गते।

धराने मिडिया : धरानमा उभौली पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुनसरी क्षेत्र न.१ का माननीय सांसद हर्क राज राई(साम्पाङ) तथा पूर्वमन्त्री सुदन किराँती प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

उभौली पर्व किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा मनाइन्छ। खेतीपातीको शुभारम्भ, प्रकृतिप्रतिको सम्मान तथा सामूहिक एकताको सन्देश बोकेको यस पर्वमा विभिन्न सांस्कृतिक झाँकी, साकेला नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हर्क साम्पाङले धरान बहुजातीय तथा बहुसांस्कृतिक शहर भएकाले सबै समुदायका संस्कृति संरक्षण गर्नु आवश्यक रहेको बताए। त्यस्तै सुदन किराँतीले किराँत सभ्यता र मौलिक संस्कृतिको संरक्षणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

स्थानीय संघसंस्था, किराँत समुदायका अगुवा, युवायुवती तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा पारम्परिक भेषभूषाले विशेष आकर्षण थपेको थियो।

harka sudan (2)Harka SampangHarka Sudan