करेन्ट लागेर प्रकृति राईको मृत्यु
समाचारदाता : गोपाल पौडेल

२०८२ साउन १४ गते ।
धराने मिडिया : मोरङको मिक्लाजुङ गाउँपालिका-४ की ३३ बर्षीया प्रकृति राईको करेन्ट लागेर मृत्यु भएको छ ।
साउन १२ गते बिहान आफ्नै घरको शौचालयमा रहेको बिजुलीको तारबाट करेन्ट लागेर घाईते भएकी राईको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।