पहिरो खसेर सडकखण्ड दुईतर्फी अवरुद्ध
समाचारदाता : गोपाल पौडेल

पाँचथर, २०८२ भदौ १२ गते ।
धराने मिडिया : पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित सातकिलोमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
गएराति पनि सोही स्थानमा एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
उक्त पहिरो पन्छाएर केही घण्टा सवारीसाधन सञ्चालनमा आए पनि आज बिहान पुनः खसेको पहिरोले पुनः दुबै तर्फको सवारी आवागमन रोकिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको अनुसार पहिरो पन्छाउने काम भइरहेको छ।