सुनको मूल्यले नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १७ गते ।

धराने मिडिया : नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

उक्त कायम सुनको मूल्य हालसम्मकै उच्च हो। सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा याे ताेलाकाे दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।