रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ १९ गते ।
धराने मिडिया : प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
भेटवार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो पनि दिएका थिए।
भेटमा प्रधानमन्त्री ओलीले आफूले सन् १९९९ र २००० मा गरेको रुस भ्रमण र त्यतिबेला धेरै नेपाली विद्यार्थीले रुसमा पढ्ने अवसर पाएको स्मरण गरेका थिए ।
परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार भेटमा दुई नेताबीच रुसी सेनामा नेपालीहरूको सहभागिता सम्बन्धी विषयमा समेत छलफल भएको छ।