कार्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २३ गते ।
धराने मिडिया : जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको छ।
उत्तर तर्फ हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्व तर्फ मिलनचोकदेखि जुट विकासभित्र, दक्षिण तर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयदेखि यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोकसम्म र पश्चिम: कलंकी मोडदेखि जनता बस्तीभित्रसम्म कर्फ्यु जारी गरेको हो।
जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको हो।
इटहरी उपमहानगरभित्र प्रवेश गरी आन्दोलनकारीहरूले आक्रमण र आगजनी सुरु गरेपछि कर्मचारी र जनप्रतिनिधि स्थल छाडेर भाग्न बाध्य भएका थिए ।