आज सेयर बजार बन्द

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २४ गते ।

धराने मिडिया : कर्फ्युका कारण आज शेयरबजार नखुल्ने भएको छ।

नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द गरिएको जनाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान ८ बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका थिए।

भ्रष्टाचारका विरुद्ध 'जेन–जी'हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भएको थियो।

Capture 1