सुन र चाँदीको मूल्य बढ्यो
समाचारदाता : गोपाल पौडेल
२०८२ मङ्सिर ०७ गते ।
धराने मिडिया : नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ भने सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।




















