चाँदी मूल्य घट्यो, सुनको भने बढ्यो

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ मंसिर २२ गते ।

धराने मिडिया : सोमबार चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ भने सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदी हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।