अमेरिकी डीभी लाेटरी स्थगित
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०४ गते ।
धराने मिडिया : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी (डिभी) स्थगित गरेका छन ।
ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो ।
अमेरिकामा धेरै बसोबास नभएका देशका नागरिकहरुलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डीभी लटरी अस्थायी रूपमा बन्द गरिएको हो ।
डीभी लाेटरी अमेरिकाको ग्रीनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलाे तरिका हाे ।
अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा कसैलाई डीभी पर्नासाथ अमेरिकाको भिसा प्राप्त हुने शतप्रतिशत सुनिश्चित भने नहुने उल्लेख छ ।
यसका लागि लोटरी फर्म भर्दा मागिएका वा आवेदनकर्ताले उल्लेख गरेका योग्यताहरू अनिवार्य हुन्छ । छानिएकाले अन्तर्वार्ता दिनुपर्ने हुन्छ । अमेरिकाले स्वीकार गरेमा विजेताले ग्रिनकार्ड लिएर अमेरिकाको स्थायी निवासी बन्न सक्ने मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।




















