सुनको मूल्यमा गिरावट

समाचारदाता : गोपाल पौडेल

२०८२ जेठ २६ गते ।

धराने मिडिया : सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदी तोलामा ५ रुपैयाँले बढेको हो।